गुरुङको छोरो हुँ, आवाज ठूलो भयो होला तर मन्त्रीलाई दुर्व्यवहार गरेको छैन : शेरजंग गुरुङ - Chaitanya News
  • 2026-06-06
  • 03:30:37
  • शुक्रबार,जेठ २२, २०८३
  • गुरुङको छोरो हुँ, आवाज ठूलो भयो होला तर मन्त्रीलाई दुर्व्यवहार गरेको छैन : शेरजंग गुरुङ

    गुरुङको छोरो हुँ, आवाज ठूलो भयो होला तर मन्त्रीलाई दुर्व्यवहार गरेको छैन : शेरजंग गुरुङ

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङसँग भेटेका छन्।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले ठमेलस्थित छाया सेन्टरमा आफू र आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ गर्न लगाएका थिए।

    तर, उनले लामिछानेसँगको भेटमा कुनै दुर्व्यवहार नगरेको दाबी गरेका छन्। उनले कानुन सबैलाई बराबर हुनेसमेत बताएका छन्।

    भेटपछि उनले भने, ‘शेरजंगजी भन्नुहुन्छ गुरुङको छोरो आवाज अलि ठूलो भयो होला तर मैले कुनै दुर्व्यवहार गरेको छैन। मन्त्री भन्ने मलाई थाहा पनि भएन थाहा भए पनि ड्युटी त गर्नैपर्‍यो।’

    उनको भनाइ सत्य भए ससम्मान रिहा गर्नुपर्ने माग गरेका छन्।

    ‘दण्डित होइन पुरस्कृत गरियोस्। नियम मिचेर लाइन नबस्ने मन्त्री लाई चाहिँ कानुन नमानेको अभियोगमा अनुसन्धान गरियोस्’ उनको भनाइ छ।