पछिल्लो २४ घण्टामा २२१ जना कोरोना संक्रमित, २०६ जना निको - Chaitanya News
  • 2026-07-10
  • 17:42:06
  • शुक्रबार,आषाढ २६, २०८३
  • पछिल्लो २४ घण्टामा २२१ जना कोरोना संक्रमित, २०६ जना निको

    पछिल्लो २४ घण्टामा २२१ जना कोरोना संक्रमित, २०६ जना निको

    काठमाडौं–   पछिल्लो २४ घण्टामा देशभर दुई सय २१ जना कोरोनाका संक्रमित थपिएका छन्। चार हजार ५८ जनाको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ सय १९ जनाको पिसीआर परीक्षणमा १२२ र २५ सय ३९ जनाको एन्टिजेन परीक्षण गर्दा ९९ जना संक्रमित थपिएका हुन्। योसँगै मुलुकभर सक्रिय संक्रमितको संख्या दुई हजार ४४४ जना रहेको छ।

    सोही अवधिमा २०६ जना कोरोना संक्रमित निको भएका छन्। आज कोरोनाबाट कसैको पनि ज्यान गएको छैन।