रवि लामिछानेले भेटे हिरासतमा रहेका शेरजंगलाई, छानबिन समिति गठन - Chaitanya News
  • 2026-06-06
  • 03:31:39
  • शुक्रबार,जेठ २२, २०८३
  • रवि लामिछानेले भेटे हिरासतमा रहेका शेरजंगलाई, छानबिन समिति गठन

    रवि लामिछानेले भेटे हिरासतमा रहेका शेरजंगलाई, छानबिन समिति गठन

    काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई दूव्र्यवहार गरेको आरोप लागेका सुरक्षा गार्ड शेरजंग गुरुङलाई रवि लामिछानेले भेटेको घटनाबारे छानबिन गर्न समिति गठन भएको छ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका लामिछानेले दरबारमार्ग वृतको हिरासत कक्षमा रहेका गुरुङलाई भेटेको फोटो सार्वजनिक भएपछि त्यसबारे छानबिन गर्न समिति गठन भएको हो।

    काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीको संयोजकत्वमा समिति गठन गरिएको छ।