सोलुखुम्बुबाट कांग्रेसका नेता बलबहादुर केसी समानुपातिकमा सिफारिस - Chaitanya News
  • 2026-06-06
  • 03:31:47
  • शुक्रबार,जेठ २२, २०८३
  • सोलुखुम्बुबाट कांग्रेसका नेता बलबहादुर केसी समानुपातिकमा सिफारिस

    सोलुखुम्बुबाट कांग्रेसका नेता बलबहादुर केसी समानुपातिकमा सिफारिस

    काठमाडौं– नेपाली कांग्रेसका नेता बलबहादुर केसीको नाम समानुपातिकमा सिफारिस गरिएको छ।

    सोलुखुम्बुबाट निरन्तर चुनावी प्रतिस्पर्धा गर्दै आएका केसीलाई यसपटक समानुपातिक तर्फ राखिएको छ । समानुपातिकमा उनीसहित आठ जनाको नाम सिफारिस गरिएको जिल्ला सभापति नामगेल जाङ्वु शेर्पाले जानकारी दिए।

    प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ आङ्गेलु शेर्पाको एकल नाम सिफारिस गरिएको छ। शेर्पा केन्द्रीय सदस्य हुन्।

    ‘बलबहादुर दाइले प्रत्यक्षतर्फ रहर गर्नुभएन । २०७४ सालमै उहाँले अर्को चुनावमा नलड्ने घोषणा गर्नुभएको थियो।’ जिल्ला सभापति नामगेलले भने,‘साथीहरुको इच्छा अनुसार आफू समानुपातिकमा बस्ने भन्नुभएको छ।’

    समानूपातिकतर्फ केसीको नाम पहिलो सूचीमा राखिएको छ। गत निर्वाचनमा माओवादीका उम्मेदवारसँग केसी पराजित भएका थिए।