संविधानसभाका सदस्य सिंह राप्रपा नेपालमा प्रवेश - Chaitanya News
  • 2026-04-22
  • 00:10:54
  • मंगलबार,बैशाख ०८, २०८३
  • संविधानसभाका सदस्य सिंह राप्रपा नेपालमा प्रवेश

    संविधानसभाका सदस्य सिंह राप्रपा नेपालमा प्रवेश

    काठमाडौं– संविधानसभाका सदस्य बाँके निवासी गिता सिंह राप्रपा नेपालमा प्रवेश गरेकी छिन्। राप्रपा नेपालले लिएको लोकतान्त्रिक हिन्दुराष्ट्रको एजेन्डाले आफुलाई आकर्षण गरेको उनको भनाई छ। हिन्दुत्व, सुशासन र समृद्धि नै नेपालको अबको मुख्य मुद्दा हुने उनले बताइन्।

    यसैगगरी राप्रपाका पूर्व केन्द्रिय सदस्य राजु थापालाई पार्टी अध्यक्ष कमल थापाले आजै प्रवेश गराएका छन्, साथै नुवाकोटकै जनजाती नेता कृष्णबहादुर घले ‘सुरज’ पनि राप्रपा नेपाल प्रवेश गरेका छन्। उनीहरुलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष थापाले मुलुकमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता रहेको चर्चा गर्दै सबैको सहयोगले राप्रपा नेपाललाई एउटा वैकल्पिक शक्ति निर्माण गर्ने महाअभियानमा आफू कृयाशील भएको बताए।

    यसैगरी राप्रपा सम्बद्ध नेपाल सनातन धर्म संस्कृति संगठन, १ नं। प्रदेश अध्यक्ष तथा गत स्थानीय निकायको निर्वाचनमा उर्लावारी नगर प्रमुख उम्मेदवार विनोद प्रसाद पोख्रेल, जिल्ला सदस्य चित्रबहादुर थापा ‘राजकुमार पनि आजै राप्रपा नेपालमा प्रवेश गरेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।