सुरक्षा गार्डलाई थुनामुक्त गर्न गृहमन्त्रीको निर्देशन - Chaitanya News
  • 2026-04-21
  • 23:38:36
  • मंगलबार,बैशाख ०८, २०८३
  • सुरक्षा गार्डलाई थुनामुक्त गर्न गृहमन्त्रीको निर्देशन

    सुरक्षा गार्डलाई थुनामुक्त गर्न गृहमन्त्रीको निर्देशन

    काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठमाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका सुरक्षा गार्डलाई थुनामुक्त गर्न निर्देशन दिइएको छ।

    चौतर्फी दबाबपछि गृहमन्त्री बालकृष्ण खाणले प्रहरी हिरासतमा रहेका गरूड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरूङलाई रिहा गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।

    आइतबार क्यानडाको भिसा प्रोसेसका लागि छायाँ सेन्टर पुगेका मन्त्री श्रेष्ठ र उनका सुरक्षाकर्मीलाई सेक्युरिटी गार्ड कुँवरले लाइनमा बस्न भन्दै रोकेका थिए। तर, मन्त्री श्रेष्ठले शक्तिको दुरुपयोग गर्दै साँझ नै कुँवरलाई पक्राउ गर्न लगाई हिरासतमा राख्न लगाएका छन्।