चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 237 of 1151
  • 2026-11-21
  • 03:37:38
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

आज पश्चिमी न्यून चापीय रेखाको प्रभावका कारण देशका विभिन्न भागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ( तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना छ। यस्तै, हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशका अधिकांश हिमाली तथा पहाडी भू(भागमा साधरणतया बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली छ। लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। यसैगरी, महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा साधरणतया बदली रहने तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। कोशी र मधेश प्रदेशका केही स्थान तथा देशका हिमाली र पहाडी भू(भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एकरदुई स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। आज राति पनि कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा साधरणतया बदली रहनेछ भने मधेस प्रदेशलगायत तराई भू–भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा देशका हिमाली भू(भागका एक–दुई स्थानमा वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ। महाशाखाले वर्षा, चट्याङ तथा हिमपातका कारण दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ।

News by आज पश्चिमी न्यून चापीय रेखाको प्रभावका कारण देशका विभिन्न भागमा वर्षाको सम्भावना :