काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई आगामी आर्थिक बर्षको बजेटले नेपालको कति प्रतिशत जनता खुसी भए भनेर प्रश्न गरेका छन्।
आज (बिहीबार) बजेटमाथि प्रतिनिधिसभामा बोल्दै उनले अर्थमन्त्री वाग्लेलाई यस्तो प्रश्न गरेका हुन्।
‘मित्रलाई केही कुरा आग्रह गर्न चाहन्छु’ उनले भने, ‘यो बजेटबाट नेपालको कति प्रतिशत जनता खुसी भए ?’
बैंकर खुसी भएको भए निक्षेपको अवस्था अहिलेको जस्तो नहुने बताए।
संविधानमा शिक्षा र स्वास्थ्य मौलिक हकको रुपमा रहेको स्मरण गरे। यस निम्ति कति बजेट आयो भनेर प्रश्न गरे।