एमालेका सांसद महरको प्रश्न नेपालले भारतको जमिन मिचेको भन्दा ताली पिट्ने सांसदहरू को–को हुन् ? - Chaitanya News
  • 2026-06-11
  • 14:44:46
  • बिहिबार,जेठ २८, २०८३
  • एमालेका सांसद महरको प्रश्न नेपालले भारतको जमिन मिचेको भन्दा ताली पिट्ने सांसदहरू को–को हुन् ?

    एमालेका सांसद महरको प्रश्न नेपालले भारतको जमिन मिचेको भन्दा ताली पिट्ने सांसदहरू को–को हुन् ?

    काठमाडौं– नेकपा एमाका प्रमुख सचेतक तथा प्रतिनिधि सभा सदस्य ऐनबहादुर महरले नेपालले भारतको जमिन मिचेको भनेर प्रधानमन्त्री बालेन शाहले भन्दा ताली पड्काउने सांसद को–को हुन भन्ने प्रश्न गरेको छ।

    आज (बिहीबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै महरले यस्तो प्रश्न गरेका हुन्।

    ‘प्रधानमन्त्रीले त्यो खालको राष्ट्रघाती र देशद्रोही कुरा सदनबाट बोलिरहँदा त्यो अभिव्यक्तिमा ताली पिट्ने सांसद को हुन् ?’ भनेर आम नागरिकले प्रश्न गरिरहेको उनले संसद्मा सुनाए।

    यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए। त्यसक्रममा नेपालले समेत भारतको जमिन मिचेको भनेर दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन्।

    यो विषयमा बुधबार परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिएका थिए। त्यसमा विपक्षी दलहरूले चित्त नबुझाएका छैनन्। प्रधानमन्त्रीले नै आफ्नो बोली सच्याउनुपर्ने माग राख्दै आएका छन्।