काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदीय समितिमा गएर झुट बोलेको आरोप लगाएका छन्।
आज (बिहीबार) बसेको प्रतिनिधि सभाको बैठकमा शाहीले बोल्दै भन्सारको कर छलिको विषयमा अर्थमन्त्रीले संसदीय समितिमा गएर झुट बोलेको बताएका हुन्।
‘म आज जानकारी गराउन चाहन्छु । सम्माननीय ज्यु पनि संसदको सदस्य हुँदै गर्दा हामीले पनि कुनै समय सुशासनका पक्षमा हरियो रिबन बाँधेका थियौँ। आन्दोलन गरेर संसदीय छानबिन समिति चाहिन्छ भनेर माग पनि गरेका थियौँ । यो सत्ताको कुर्सी गज्जबको हुँदो रहेछ। यताबाट उता जान बित्तिकै सबै कुरा बिर्सिने रहेछ,’ शाहीले भने, ‘भन्सारको कर छलीको विषयमा अर्थमन्त्रीले संसदीय समितिमा गएर झुट बोल्नुभएको छ। हामीले संसदीय छानबिन समितिको माग रहरले गरेका होइनौँ।’
शाहीले करको विषयमा आफूहरूले संसदीय छानबिन समितिको माग गरेको रहरका लागि नभएको बताएका छन्।