चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1074 of 1108
  • 2026-10-08
  • 13:45:17
  • बिहिबार,आश्विन २२, २०८३

About Author

गण्डकी प्रदेशबाट समानुपातिक सदस्यमा नेपाली कांग्रेसका युवा नेता थापा सिफारिस

काठमाडौ– नेपाली कांग्रेसका युवा नेता राजु थापाले अबको चुनाव जित्न इतिहास र विरासत मात्र भएर नहुने बताएका छन्। नेपाली कांग्रेस गोरखा क्षेत्र नं.२ को प्रदेश ‘ख’ बाट थापा प्रदेश सदस्यमा समानुपातिक तर्फमा सिफारिस भएका छन्। आसन्न मंसिर ४ को चुनावलाई मध्येनजर गरी नेपाली कांग्रेसले समानुपातिक तर्फका लागि उम्मेदवार सिफारिस गरेको हो। उनले राजनीति संगै संगै मेडिकल ब्यवसाय तथा बिभिन्न संघ संस्थामा रहेर सामाजिक काम पनि गरिरहेका छन्। चाहे कोरोना कालमा होस् या भुकम्पको बेला होस सदैब सहयोगी भावनाले ओतप्रोत भएका उनी सहयोग गर्न हरदम तयार हुन्छन्। दुखमा परेका गोरखाबासी लगायत अन्यलाई सधै सहयोग गरि एक कुशल समाजसेवीको परिचय पनि बनाएका छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर तथा मेडिकल क्रोसमा पांच बर्ष अध्ययन गरेका छन्। एक बौद्धिक युवा नेता , राष्ट्रिय अन्र्तराष्ट्रिय क्षेत्रको ज्ञान र अनुभव बोकेका उनी यस पटक गोरखाबाट सहस्र स्वीकार गर्नेमा बिश्वस्त छन्। सक्षम र योग्य ब्यक्ति यसपालीको निर्वाचनमा गोरखाले पाउनुपर्छ भन्नेमा अन्य दलका नेताको समेत एक मत रहेको स्थानिय ब्यक्तिहरु बताउँछन्।

News by गण्डकी प्रदेशबाट समानुपातिक सदस्यमा नेपाली कांग्रेसका युवा नेता थापा सिफारिस :