चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 8 of 1150
  • 2026-11-20
  • 09:07:25
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

पश्चिमी वायुको प्रभावले यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न स्थानमा आंशिक बदली रहनेछ भने तराईका केही क्षेत्रमा तुवाँलो लागेको छ। महाशाखाका अनुसार हाल कोशी प्रदेशको पहाडी भूभागसहित देशका हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ। तराईका केही स्थानमा भने तुवाँलो देखिएको छ। आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ। दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। त्यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा पनि बादल लाग्ने सम्भावना छ। रातिको समयमा कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

News by पश्चिमी वायुको प्रभावले यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना :