चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 140 of 1151
  • 2026-11-21
  • 01:09:10
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

कार्यकारी निर्देशक छनोटको अन्तिम चरणमा नागरिक लगानी कोष, पाँच उम्मेदवार अन्तर्वार्तामा

काठमाडौँ– नागरिक लगानी कोषको नयाँ कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ। अर्थ मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत आवेदन दिएका उम्मेदवारमध्ये पाँच जनालाई प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि छनोट गर्दै आगामी मूल्यांकन प्रक्रिया तय गरेको हो। अर्थ मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले शैक्षिक योग्यता, कार्यानुभव तथा व्यावसायिक एवं वित्तीय कार्ययोजनाको मूल्यांकनका आधारमा पाँच उम्मेदवारलाई अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरेको हो। अन्तर्वार्ताका लागि अर्जुन कुमार गौतम, गोपाल घिमिरे, पर्वत कुमार कार्की, यज्ञ प्रकाश न्यौपाने र समता पन्त भट्ट छनोट भएका छन्। छनोट भएका उम्मेदवारहरूले अर्थ मन्त्रालय, सिंहदरबारमा आफ्नो व्यावसायिक कार्ययोजना प्रस्तुत गर्नुका साथै अन्तर्वार्तामा सहभागी हुनुपर्नेछ। कार्यतालिकाअनुसार अर्जुन कुमार गौतमको प्रस्तुतीकरण तथा अन्तर्वार्ता साउन २५ गते बिहान ७ बजे, गोपाल घिमिरेको बिहान ८ बजे, पर्वत कुमार कार्कीको साँझ ५ बजे, यज्ञ प्रकाश न्यौपानेको साँझ ६ बजे र समता पन्त भट्टको साउन २६ गते बिहान ८ बजे हुनेछ। कार्यकारी निर्देशक पदका लागि यसअघि खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरिएको थियो। अब प्रस्तुतीकरण र अन्तर्वार्ताबाट प्राप्त अंकका आधारमा छनोट तथा सिफारिस समितिले अन्तिम उम्मेदवार सरकारसमक्ष सिफारिस गर्नेछ।

News by कार्यकारी निर्देशक छनोटको अन्तिम चरणमा नागरिक लगानी कोष, पाँच उम्मेदवार अन्तर्वार्तामा :