सरकारले सार्वजनिक गर्‍यो सरकारी कर्मचारीको नयाँ तलब र सुविधा, कसले कति पाउँछन्? हेर्नुहोस् पत्र - Chaitanya News
  • 2026-08-06
  • 12:21:08
  • बिहिबार,साउन २१, २०८३
  • सरकारले सार्वजनिक गर्‍यो सरकारी कर्मचारीको नयाँ तलब र सुविधा, कसले कति पाउँछन्? हेर्नुहोस् पत्र

    सरकारले सार्वजनिक गर्‍यो सरकारी कर्मचारीको नयाँ तलब र सुविधा, कसले कति पाउँछन्? हेर्नुहोस् पत्र

    काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरेको निजामती तथा सार्वजनिक सेवामा कार्यरत कर्मचारीको नयाँ तलबमान कार्यान्वयनमा ल्याएको छ। साउन १ गतेदेखि लागू हुने गरी तलबमानसँगै ग्रेड, प्राविधिक ग्रेड र मासिक प्रोत्साहन भत्तासम्बन्धी व्यवस्था पनि सार्वजनिक गरिएको हो।

    अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले बिहीबार सार्वजनिक गरेको निर्णयअनुसार २०८३ साउन ६ गते बसेको बैठकले नयाँ तलब संरचना स्वीकृत गरेको हो। निर्णयसँगै निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाल स्वास्थ्य सेवा, सङ्घीय संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीका लागि नयाँ तलबमान लागू भएको छ। यो व्यवस्था निवृत्तिभरण प्रयोजनमा समेत लागू हुने उल्लेख गरिएको छ।

    सरकारले अनुसूची–१ देखि अनुसूची–८ सम्म विभिन्न सेवाका कर्मचारीको नयाँ तलबमान निर्धारण गरेको छ। साथै प्रत्येक पदको एक दिनको तलबबराबरको ग्रेड रकम कायम गरिएको छ।

    नयाँ व्यवस्थाअनुसार तलब वृद्धिपछि कायम हुने आधारभूत तलबको १० प्रतिशत रकम मासिक प्रोत्साहन भत्ताका रूपमा उपलब्ध गराइनेछ। सरकारले यस निर्णयसँगै कर्मचारीको सेवा–सुविधा कार्यान्वयनको प्रक्रिया औपचारिक रूपमा अघि बढाएको जनाएको छ।