चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 936 of 1151
  • 2026-11-20
  • 18:13:13
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

आइसीसी यू–१९ विश्वकप छनौंट : नेपाल आज युएईसँग खेल्दै

काठमाडौँ - आईसीसी १९ वर्षमुनिको विश्वकप एसिया छनोटमा नेपालले अन्तिम खेलमा आज (बिहीबार) घरेलु टोली युएईसँग खेल्दैछ । खेल आजमानस्थित इडेन गार्डेन्समा नेपाली समय अनुसार बिहान सवा ११ बजे शुरु हुनेछ । नेपालले शुरुवाती सबै चार खेल जितेको छ । युएई पनि चार खेलमा अपराजित टोली हो । चार खेलमा समान ८ अङ्क रहेकाले आजको खेल विश्वकप पुग्न निर्णायक हुनेछ । नेपालले सिंगापुरलाई ९६, कुवेतलाई २४३ रन तथा हङकङलाई ९ विकेट र मलेसियालाई १० विकेटले हराएको थियो । घरेलु टोली युएईले मलेसियालाई ७ विकेट, हङकङलाई १६३ रन, सिंगापुर र कुवेतलाई ८–८ विकेटले हराएको थियो । सन् २०१९ को एसिया क्षेत्र छनोटमा नेपाल युएईसँग एक रनले डकवर्थ लेविस पद्धतिको आधारमा पराजित हुँदै दुई वटा विश्वकप खेल्न पाएको थिएन । नेपाल र युएईबीचको विजेता टोलीले सन् २०२४ मा श्रीलंकामा हुने १९ वर्षमुनिको विश्वकप खेल्ने छ ।

News by आइसीसी यू–१९ विश्वकप छनौंट : नेपाल आज युएईसँग खेल्दै :