कोशी प्रदेशमा आज सार्वजनिक विदा - Chaitanya News
  • 2026-05-16
  • 21:00:50
  • शनिबार,जेठ ०२, २०८३
  • कोशी प्रदेशमा आज सार्वजनिक विदा

    कोशी प्रदेशमा आज सार्वजनिक विदा

    विराटनगर- प्रदेश १ को नाम कोशी राखिएको खुसियालीमा आज प्रदेशभर सार्वजनिक विदा दिइएको छ।

    मन्त्रिपरिषदको बैठकले फागुन १८ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ। प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरुमा सार्वजनिक विदा दिइएको सूचनामा उल्लेख छ।

    मन्त्रिपरिषद बैठकले कोशी नामकरणको उपलक्ष्यमा प्रदेशका सबै बासिन्दालाई बधाई पनि दिएको छ। बुधबार बसेको प्रदेश सभा बैठकले प्रदेश १ को नाम कोशी राख्ने निर्णय गरेको थियो। यससँगै नेपालका सातवटै प्रदेशले नाम पाएका छन्।