आठ दलीय गठबन्धनका सांसदहरूको अभिमुखीकरण कार्यक्रम आज - Chaitanya News
  • 2026-05-16
  • 21:02:33
  • शनिबार,जेठ ०२, २०८३
  • आठ दलीय गठबन्धनका सांसदहरूको अभिमुखीकरण कार्यक्रम आज

    आठ दलीय गठबन्धनका सांसदहरूको अभिमुखीकरण कार्यक्रम आज

    काठमाडौं – नेपाली कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनले संघीय सांसदहरूका लागि आज (बिहीबार) अभिमुखीकरण कार्यक्रम गर्दैछ । राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै आठ दलीय गठबन्धनले अभिमुखीकरण कार्यक्रम गर्न लागेको हो ।
    आज दिउँसो १ बजे हुने कार्यक्रममा राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यहरूलाई बोलाइएको छ । कार्यक्रममा आठ दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।

    नयाँ बानेश्वर तीनकुनेस्थित रोयल ब्यांक्वेटमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका सांसदहरू का लागि अभिमुखीकरण कार्यक्रम अभिमुखीकरण कार्यक्रममा सहभागी हुनेछन् ।

    राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल साझा उमेदवार छन् । नेकपा एमालेले सुवास नेम्वाङलाई उठाएको छ । यही फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ । निर्वाचनका संघीय संसदमा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कुल ८८२ मतदाता छन् ।