आइसीसी यू–१९ विश्वकप छनौंट : नेपाल आज युएईसँग खेल्दै - Chaitanya News
  • 2026-06-05
  • 12:56:11
  • शुक्रबार,जेठ २२, २०८३
  • आइसीसी यू–१९ विश्वकप छनौंट : नेपाल आज युएईसँग खेल्दै

    आइसीसी यू–१९ विश्वकप छनौंट : नेपाल आज युएईसँग खेल्दै

    काठमाडौँ – आईसीसी १९ वर्षमुनिको विश्वकप एसिया छनोटमा नेपालले अन्तिम खेलमा आज (बिहीबार) घरेलु टोली युएईसँग खेल्दैछ ।

    खेल आजमानस्थित इडेन गार्डेन्समा नेपाली समय अनुसार बिहान सवा ११ बजे शुरु हुनेछ । नेपालले शुरुवाती सबै चार खेल जितेको छ । युएई पनि चार खेलमा अपराजित टोली हो । चार खेलमा समान ८ अङ्क रहेकाले आजको खेल विश्वकप पुग्न निर्णायक हुनेछ ।

    नेपालले सिंगापुरलाई ९६, कुवेतलाई २४३ रन तथा हङकङलाई ९ विकेट र मलेसियालाई १० विकेटले हराएको थियो । घरेलु टोली युएईले मलेसियालाई ७ विकेट, हङकङलाई १६३ रन, सिंगापुर र कुवेतलाई ८–८ विकेटले हराएको थियो ।

    सन् २०१९ को एसिया क्षेत्र छनोटमा नेपाल युएईसँग एक रनले डकवर्थ लेविस पद्धतिको आधारमा पराजित हुँदै दुई वटा विश्वकप खेल्न पाएको थिएन । नेपाल र युएईबीचको विजेता टोलीले सन् २०२४ मा श्रीलंकामा हुने १९ वर्षमुनिको विश्वकप खेल्ने छ ।