शम्भुनाथका मेयर र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर - Chaitanya News
  • 2026-05-16
  • 21:00:50
  • शनिबार,जेठ ०२, २०८३
  • शम्भुनाथका मेयर र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    शम्भुनाथका मेयर र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्रप्रसाद गुप्ता र इन्जिनियर रामचन्द्र साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    विद्यालय सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ मागेको पुष्टि भएसँगै नगर प्रमुख गुप्ता र इन्जिनियर साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

    गत माघ ३ गते अख्तियारले घुस लिएको अवस्थामा इन्जिनियर साहलाई पक्राउ गरेको थियो । अनुसन्धानको सिलसिलामा मेयर गुप्ता र इन्जिनियर साहको मिलेमतो पुष्टि भएपछि दुबै जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।