काठमाडौं- नेपाली बजारमा बुधवार सुनको मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधवार बढेर १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको हो। यस्तै छापावाल सुन १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। यसैबिच बुधवार चाँदीको मूल्य तोलामा १३६० रुपैयाँमा कारोबार भएको छ। यसअघि मंगलबार चाँदीको मूल्य तोलामा १३६५ रुपैयाँमा कारोबार भएको थियो।


