नक्कली शरणार्थी प्रकरण:  सरकारी वकिलको कार्यालयले आज मुद्दा दर्ता गर्ने - Chaitanya News
  • 2026-11-21
  • 04:17:07
  • शुक्रबार,मंसिर ०५, २०८३
  • नक्कली शरणार्थी प्रकरण:  सरकारी वकिलको कार्यालयले आज मुद्दा दर्ता गर्ने

    नक्कली शरणार्थी प्रकरण:  सरकारी वकिलको कार्यालयले आज मुद्दा दर्ता गर्ने

    काठमाडौं –  सरकारी वकिलको कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा बुधबार अदालतमा अभियोजन दर्ता गर्ने तयारी गरेको छ ।

    अभियोजनका लागि गठित आठ सदस्यीय समितिले प्रहरीले गत सोमबार बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी अभियोजनपत्र दर्ता गर्ने तयारी गरेको हो ।

    जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३३ जनाविरुद्ध मुद्दा चलाउनु पर्ने राय सहितको प्रतिवेदन बुझाएको थियो ।

    प्रहरीले मुद्दा चलाउने तयारी गरेका ३३ जना मध्ये १६ जना प्रहरी हिरासतमा छन्, भने १७ जना अहिले पनि फरार छन् ।

    भुटानी शरणार्थी प्रकरण संगठीत अपराध भएकाले अनुसन्धान सुरु गरेको ६० दिन भित्रमा अभियोजन दर्ता गरिसक्नु पर्ने प्रावधान भएकाले बुधबार अभियोजन दर्ता गर्नुपर्ने बाध्यता छ ।