सुदूरपश्चिमका मुख्यमन्त्री नेतृत्वको टोलीले भेट्यो प्रधानमन्त्रीलाई - Chaitanya News
  • 2026-11-16
  • 04:06:11
  • आइतबार,कार्तिक ३०, २०८३
  • सुदूरपश्चिमका मुख्यमन्त्री नेतृत्वको टोलीले भेट्यो प्रधानमन्त्रीलाई

    सुदूरपश्चिमका मुख्यमन्त्री नेतृत्वको टोलीले भेट्यो प्रधानमन्त्रीलाई

    काठमाडौं- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोलीले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ।

    मुख्यमन्त्री टोलीले प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेको हो।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, मन्त्री, प्रतिपक्षी दलका नेता र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता हो।

    भेटवार्तामा मुख्यमन्त्री शाहले आगामी बजेटमा सुदूरपश्चिमलाई प्राथमिकतामा राखेर प्रदेशका ठूला तथा गौरवका आयोजनालाई अगाडि बढाउन प्रधानमन्त्रीसँग आग्रह गरे।

    यस्तै गेटा मेडिकल कलेजमा विश्वविद्यालय सञ्चालन गराउनलगायत समग्र सुदूरपश्चिमको विकासका सवालमा छलफल गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।