चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 800 of 1151
  • 2026-11-21
  • 05:34:15
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

राजविराजका कर्मचारी आन्दोलित

राजविराज- राजविराज नगरपालिकाका दैनिक तथा मासिक ज्यालादारी कर्मचारी आन्दोलित बनेका छन्। मासिक एक करोड भन्दा बढी रकम तलबमै खर्च हुन थालेपछि नगरपालिकाले शुक्रबारदेखी लागू हुनेगरि एकै साथ ६९ कर्मचारीलाई हटाएपछि उनीहरू आन्दोलित बनेका हुन्। आइतबार कार्यालय खुल्नासाथ नाराबाजी गर्दै सेवाबाट हटाइएका कर्मचारी कार्यालय प्रवेशद्वार नजिकै धर्ना बसेका थिए। उनीहरूले आफूहरूसँग कुनै छलफल र जानकारी बिनै सेवाबाट हटाइएको सूचना जारि गरेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्। सेवाबाट हटाइएका मध्ये २० वर्षदेखि मासिक ज्यालादारीमा काम गर्दै आएका कर्मचारी समेत परेका छन्। २० वर्षदेखी मासिक ज्यालादारीमा काम गर्दै आएका सत्रुघन यादवले एक्कासी सेवाबाट हटाएपछि अप्ठ्यारोमा परेको बताएका छन्। अर्को ठाउँमा जागरि गर्ने उमेर पनि नरहेको उनको गुनासो छ। नगरपालिकाको पछिल्लो निर्णयले घर न घाटको बनाएको उनले दुखेसो पोखे। यसैबीच नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाई समिति राजविराजले एक प्रेस विज्ञप्तिमार्फत कर्मचारी आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन्। समितिका अध्यक्ष कल्पना देवद्वारा जारि विज्ञप्तिमा नगरपालिकाको सो निर्णयको घोर भत्र्सना गर्दै नगरपालिकाबाट सहज, सरल र छिटो छरितो सेवा प्रदान गर्न तथा लामो समयदेखी काम गरेका कर्मचारीको जिवन यापनको खयाल गरि अलिम्ब सेवाबाट हटाइएका कर्मचारीहरुको पुनःनियुक्ति हुनुपर्ने माग गरिएको छ।