अर्थमन्त्रीबाट सांसदहरूको अवमूल्यन भएको छ : पूर्वअर्थमन्त्री पौडेल - Chaitanya News
  • 2026-05-02
  • 14:52:15
  • शनिबार,बैशाख १९, २०८३
  • अर्थमन्त्रीबाट सांसदहरूको अवमूल्यन भएको छ : पूर्वअर्थमन्त्री पौडेल

    अर्थमन्त्रीबाट सांसदहरूको अवमूल्यन भएको छ : पूर्वअर्थमन्त्री पौडेल

    काठमाडौं- पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अर्थमन्त्रीले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको नाममा सांसदहरूको अवमूल्यन गरेको आरोप लगाएका छन्।

    आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पौडेलले आफूले हटाएको सांसद् विकास कोष बिउँत्याएको भन्दै असन्तुष्टि जनाएका हुन्।

    आफ्नो निर्वाचन क्षेत्रमा दिइने भनिएको संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको पाँच करोड रुपैयाँ सम्बन्धित मन्त्रालयमार्फत सामुदायिक विद्यालयको पूर्वाधारमा विनियोगन गर्न आग्रह गरेका छन्।

    ‘अर्थमन्त्रीज्यूले सांसदहरूलाई पाँच करोडमा अवमूल्यन गर्नु भएको छ। मैले त चाहिँदैन भनेकै थिए भनेर सार्वजनिक रूपमा अभिव्यक्ति दिइरहनु भएको छ। उहाँले माननीय सदस्यहरूलाई अपमान गरिरहनु भएको छ,’ उनले भने।