काठमाडौंकै तापक्रम पुग्यो ३५ दशमलव २ डिग्री सेल्सियस - Chaitanya News
  • 2026-11-16
  • 09:14:47
  • सोमबार,मंसिर ०१, २०८३
  • काठमाडौंकै तापक्रम पुग्यो ३५ दशमलव २ डिग्री सेल्सियस

    काठमाडौंकै तापक्रम पुग्यो ३५ दशमलव २ डिग्री सेल्सियस

    काठमाडौं- काठमाडौंमा हिजो यसवर्षकै गर्मी भएको छ। हिजो काठमाडौंको अधिकतम तापक्रम ३३ दशमलव ३ डिग्री सेल्सियस पुगेको थियो। जुन यस वर्षकै सबैभन्दा धेरै भएको मौसमविद् शान्ति कँडेलले बताइन्। तर यो, रेकर्ड ब्रेक भने होइन।

    सन् २०१२ मा काठमाडौंको अधिकतम तापक्रम ३५ दशमलव २ डिग्री सेल्सियस पुगेको थियो। यसपालि गएको २५ गते ३२ दशमलव ८ डिग्री सेल्सियस पुगेको थियो। त्यसयता भने केही घटेको थियो। तर, हिजो यस वर्षकै सबैभन्दा धेरै ३३ दशमलव ३ डिग्री सेल्सियस पुगेको मौसमविद् कँडेलले बताइन्।

    आज भने काठमाडौंको मौसम आंशिक बदली हुने सम्भावना रहेको कँडेलले बताइन्। उनका अनुसार दिउँसो २/३ बजेतिर क्षणिक वर्षाको समेत अनुमान छ। आज हिजोभन्दा शीतल हुने मौसमविद्ले बताएका छन्।

    केही दिनयता देशभरका धेरै ठाउँमा अधिकतम तापक्रमले रेकर्ड ब्रेक गरेको छ।