धनगढीमा पाँच जना बन्दकर्ता प्रकाउ - Chaitanya News
  • 2026-11-16
  • 09:12:28
  • सोमबार,मंसिर ०१, २०८३
  • धनगढीमा पाँच जना बन्दकर्ता प्रकाउ

    धनगढीमा पाँच जना बन्दकर्ता प्रकाउ

    धनगढी- कैलालीस्थित गेटामा स्वास्थ्य विश्वविद्यालय सञ्चालनको माग गर्दै बन्द गराउँदै हिडेका पाँच जना बन्द कर्तालाई प्रहरीले धनगढी बाट प्रकाउ गरेको छ।

    मन्त्रीको गाडीमा ढुङगा हानेको भन्दै पाँच जना बन्दकर्तालाई प्रदेश सभा भवन बाहिरबाट प्रकाउ गरिएको प्रहरीले जनाएको छ।

    गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आइतबार सुदूरपश्चिममा आमहड्तालको घोषणा गरिएको छ। स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डेय ‘आगो’ले आइतबार सुदूरपश्चिम पूर्णरुपमा ठप्प हुने बताए।

    उनले यातायात व्यवसायी, राजनीतिक दल, व्यापारीहरूले पनि सहयोग गर्ने बताएका छन्। संघर्ष समितिका संयोजक ‘आगो’ले आइतबार बिहान ८ देखि साँझ ६ बजेसम्म सुदूरपश्चिम प्रदेशका शैक्षिक, वित्तीयलगायतका संघ/संस्था तथा कलकारखाना, व्यापार र यातायात पूर्णरुपमा बन्द गरिने बताए।