बाजुरामा ४.४ रेक्टरस्केलको भूकम्प - Chaitanya News
  • 2026-11-16
  • 09:13:22
  • सोमबार,मंसिर ०१, २०८३
  • बाजुरामा ४.४ रेक्टरस्केलको भूकम्प

    बाजुरामा ४.४ रेक्टरस्केलको भूकम्प

    काठमाडौं- बाजुरा जिल्लाको बिछिया केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछिया केन्द्रबिन्दु भएर आज बिहान ७ बजेर ३८ मिनेट जाँदा ४.४ रेक्टरस्केलको भूकम्प गएको हो।

    बिछिया केन्द्रबिन्दु भएर यसअघि पनि पटकपटक भूकम्प गएको थियो। यसअघि यही जेठ १४ सिन्धुपाल्चोक जिल्लाको गोल्चे आसपास केन्द्रबिन्दु भएर ३.९ रेक्टरस्केलको भूकम्प गएको थियो।

    पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी रहेको जनाइएको छ। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ।