चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 595 of 1152
  • 2026-11-21
  • 23:07:57
  • शनिबार,मंसिर ०६, २०८३

About Author

घर वरिपरि पिपलको बोट हुनु राम्रो कि नराम्रो?

घर वरिपरि विभिन्न थरीका बोट बिरुवा लगाउन सबैलाई मन पर्छ। बोटबिरुवाले घर वरिपरिको वातावरण सुन्दर बनाउन मद्दत गर्छ। वास्तुशास्त्र अनुसार सकारात्मक ऊर्जा कायम राख्न विभिन्न बोटबिरुवाको महत्वपूर्ण भूमिका हुन्छ। तर कुनै बोटबिरुवा घर वरिपरि लगाउनु राम्रो मानिएको छैन। घर वरिपरि पिपलको रूख भएमा घरको सुखशान्ति र समृद्धिका लागि हानिकारक मानिएको छ। वास्तुशास्त्रमा घरको छेउमा पिपलको बोट रोप्नुलाई शुभ मानिएको छैन। तर पिपललाई धार्मिक दृष्टिकोणले अत्यन्तै शुभ मानिन्छ र पीपल पूजनीय वृक्ष हो। हरेक शनिबार पिपलको बोटमा पानी चढाउँदा शुभ फल मिल्ने, परिवारमा सुखशान्ति प्राप्त हुने मान्यता छ। घर वरिपरि पिपलको बोट हुँदा घरमा अशान्ति, बारम्बार चोटपटक लाग्ने मान्यता छ। पिपलको बोटमा रातको समय कुल, पितृ, भूत, प्रेत, शनि राहु र केतुको बास हुन्छ भने दिनमा भगवान विष्णु र बिभिन्न देवीदेवताको बास हुन्छ भनिएको छ।