काठमाडौं– मौसम फेरिएसँग हाम्रो दैनिकीमा पनि केही परिवर्तन ल्याउनु आवश्यक हुन्छ। खानपिन, रहनसहनदेखि दैनिक गरिने क्रियाकलापमा पनि ध्यान दिनुपर्छ। अहिले जाडोको मौसम छ, यस्तो मौसममा के(के कुरामा ध्यान दिनुपर्छ त?
जाडोमा लिनुपर्ने सावधानीहरू:
हिँडाइको गति कम गर्ने
चिसोमा मुटुमा जोखिम घटाउन हिँडाइको स्पिड कम गरेर हिँडाइको अवधि बढाउनु सुरक्षित हुन्छ।
प्रशस्त मात्रामा पानी पिउने
शरीरमा पानीको मात्रा प्रशस्त भएमा चिसोले रगत बाक्लो हुने जोखिम कम हुन्छ।
धेरै चिल्लो खानेकुरा नखाने
जाडोमा कोलेस्ट्रोल बढ्ने हुनाले धेरै चिल्लो, फ्राई गरेको खानेकुरा र पार्टीरभोजको बेलामा सतर्क रहने।
औषधिको नियमित प्रयोग गर्ने
मुटुरोग, प्रेसर, सुगर, कोलेस्ट्रोल आदिको औषधि नियमित सेवन गर्ने
व्यायमको बेलामा चिसोबाट सुरक्षित हुने
व्यायमको बेलामा पर्याप्त लुगा लगाएर विशेष गरेर टाउको, कान, हात छोपेर हिँड्नुपर्छ।
सुगर, प्रेसर, कोलेस्ट्रोलको राम्रो नियन्त्रण
जाडो महिनामा प्रेसर, सुगर र कालेस्ट्रोलको स्तर बढ्ने हुनाले यसको जाँच र नियन्त्रण गर्न जरुरी छ।
मदिरा र चुरोट सेवन नगर्ने
जाडो महिनामा मुटुमा हुने असरलाई मदिरा तथा धुम्रपानले झन् बढाउने हुनाले यसको प्रयोग नगर्नु राम्रो हुन्छ।
वाम अप गर्ने
शारीरिक व्यायम सुरु गर्नु भन्दा अघि शरीरलाई सक्रिय बनाउने अनि ब्यायम सुरु गर्ने।
चिसोमा हिँड्दा छाती दुख्नु
मुटु रोगको प्रमुख लक्षण ‘एन्जिना’ चिसोमा बढि देखिनछ र यस्तो छ भने डाक्टरलाई देखाउने। चिसो हावा र पानी परेको बेलामा बाहिर ब्यायाम गर्न निस्किनु हुँदैन।
(हामीले यो जानकारी मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलको फेसबुक पेजबाट लिएका हौँ।)