सिरानी मुनी चक्कु वा धारिलो हतियार राखेर किन सुतिन्छ? - Chaitanya News
  • 2026-05-05
  • 15:52:30
  • मंगलबार,बैशाख २२, २०८३
  • सिरानी मुनी चक्कु वा धारिलो हतियार राखेर किन सुतिन्छ?

    सिरानी मुनी चक्कु वा धारिलो हतियार राखेर किन सुतिन्छ?

    निन्द्रा स्वास्थ्यको एक अभिन्न भाग हो। किनकी अनिन्द्राले रोग निम्त्याउँछ। जब राम्ररी निद्रा पर्दैन, काम गर्न जाँगर चल्दैन र शरीर भद्दा पनि हुन्छ।

    गहिरो निन्द्रा लिन नसक्नु एक शारीरिक तथा मानसिक जटिलता रहेको चिकित्सकहरू बताउँछन्।

    यसले थप रोग निम्त्याउने खतरा पनि रहन्छ। किशोरकिशोरी, युवा, वयस्क, वृद्धवृद्धाले औसत सातदेखि आठ घण्टा सुत्नु पर्ने चिकित्सकहरूको भनाइ छ।

    निन्द्राको समयमा सपना देख्नु एउटा सामान्य प्रक्रिया हो। सुत्दा वा राम्रो निन्द्राका लागि सहज ओछ्‌यान हुनु पर्छ।

    हामी धेरैलाई थाहा छ कि बुढापाकाले आफ्नो सिरानी मुनि चक्कु वा धारिलो हतियार राखेर सुत्ने गर्छन्। यस्तै साना बालबालिकाहरू सुताउने ओछ्यानको सिरानीमुन यस्तै हतियार राख्ने गरेको पाइन्छ।

    यसरी सुत्दा सिरानीमुनि फलामको हतियार किन राखिन्छ भन्ने बारेमा आज हामी चर्चा गर्नेछौँ।

    वास्तुशास्त्र अनुसार कुनै मानिसले दैनिक निन्द्रामा डरलाग्दो सपना देखेमा राति सुत्दा आफ्नो सिरानी मुनि चक्कु, खुकुरी लगायतका हतियारहरू राख्नु उचित मानिएको छ।

    यसो गर्दा वास्तुको हिसाबले तपाईँ आफ्नो समस्याबाट छुट्कारा पाउन सफल सक्नु हुनेछ ।