चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 485 of 1152
  • 2026-11-21
  • 17:39:30
  • शनिबार,मंसिर ०६, २०८३

About Author

दुर्गा प्रसाईंका माग सम्बोधन गर्न सरकारले माग्यो आइतबारसम्मको समय

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीसँग नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं नेतृत्वको टोलीले छलफल गरेको छ। छलफलमा लघुवित्त, सहकारी समस्या र जेनजीका मागबारे कुराकानी भएको छलफलपछि प्रसाईंले बताए। आफूहरूले अघि सारेका मागबारे सरकारका तर्फबाट आइतबारसम्मको समय मागेको र उक्त समयसम्म आफू पर्खने प्रसाईंको भनाइ छ। ‘मागबारे आइतबारसम्मको समय दिनुस् भन्नुभयो, आइतबार सहमति भयो भने सोमबार क्याबिनेट बसेर हस्ताक्षर गर्ने भन्ने कुरा भएको छ’, प्रसाईंले आफ्ना माग पुरा नभए फागुन २१ मा निर्वाचन हुन नसक्ने बताए । ‘एउटा पक्षलाई रुवाएर अर्को पक्ष मात्र चुनावमा जान पाउँदैन भनेको छु’, प्रसाईंले आफ्ना मागहरू ठुला नभएको भन्दै प्रधानमन्त्रीसँग घरजग्गा लिलाम नगर्न र उनीहरूलाई तिर्ने मौका दिन आग्रह गरेको हो। भेटमा प्रसाईंले भ्रष्टाचारीलाई कारबाहीको कुरा गर्दा प्रधानमन्त्रीले ‘त्यो सक्दैनौ’ भन्ने जवाफ दिएको बताए।

News by दुर्गा प्रसाईंका माग सम्बोधन गर्न सरकारले माग्यो आइतबारसम्मको समय :