रमेश लेखकमाथि लगाइएको स्थान हद फुकुवा गर्ने आयोगको तयारी - Chaitanya News
  • 2026-04-28
  • 04:19:13
  • सोमबार,बैशाख १४, २०८३
  • रमेश लेखकमाथि लगाइएको स्थान हद फुकुवा गर्ने आयोगको तयारी

    रमेश लेखकमाथि लगाइएको स्थान हद फुकुवा गर्ने आयोगको तयारी

    काठमाडौं– जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगले पूर्व गृहमन्त्री रमेश लेखकको स्थान हद फुकुवा गर्ने तयारी गरेको छ ।

    स्रोतका अनुसार, उनीमाथि लगाइएको स्थानहद खोल्नेगरी तयारी अघि बढाइएको स्रोतले जानकमरी दिएको छ ।

    आयोगले लेखकसँग दुई पटक गरेर छुट्टाछुट्टै बयान लिएको थियो। हिजो (बुधबार) साँझ साढे ७ बजेसम्म पनि आयोगले उनीसँग बयान लिएको थियो।

    त्यसअघि गत पुस १४ गते पनि आयोगले सिंहदरबारमा लेखकसँग बयान गरेको थियो। आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले पनि लेखकको बयान सकिएको जानकारी दिए।

    बयानका काम सकिएसँगै लेखकको स्थानहद फुकाउने तयारीमा आयोग रहेको स्रोतले जानकारी दिएको छ।

    यसअघि सो घटनासँग सम्बन्धित नेपाल प्रहरीका महानिरीक्षक, काठमाडौंका तत्कालीन सीडीओ, तत्कालीन गृहसचिव लगायतको स्थान हद फुकुवा गरिएको थियो।