बुटवल– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवक्ता मनिष झाले आसन्न निर्वाचनमा रास्वपाको बहुमत आउने पक्का भएको बताएका छन् ।
आज (बिहीबार) बुटवलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपाले आसन्न निर्वाचनमा रास्वपाको बहुमत आउने पक्का भएको दाबी गरेका हुन्।
नेता तथा कार्यकर्तालाई संयमित, धैर्य र अनुशासित भएर अघि बढ्न उनको आग्रह थियो।
‘बालेन शाह र कुलमान घिसिङजीसँगको पार्टी एकतापछि अब रास्वपाको बहुमत आउने पक्का भयो,’ झाले भने।
तर बहुमत आउँछ भन्ने दम्भ पालेर अहिल्यैदेखि अरूको अस्तित्व स्वीकार नगर्नेतर्फ रास्वपा नलाग्ने उनले बताए।
झाले बालेन र कुलमानको पार्टीसँग एकता गर्दा निर्वाचन आयोगले तोकेको समय सीमा अन्तिम बेला भएकाले समानुपातिक उम्मेदवारको सूचीमा गल्ती भएको स्वीकार गरे।
‘समय अभावका कारण विधि प्रक्रिया अनुसार छनोट गर्न सकिएन, गल्ती भएको हो स्वीकार गर्छौं,’ झाले भने।