विश्वप्रकाश शर्माले भने: ‘पार्टीको विशेष महाधिवेशन अब भने बाध्यकारी भयो’ - Chaitanya News
  • 2026-05-06
  • 20:10:58
  • बुधबार,बैशाख २३, २०८३
  • विश्वप्रकाश शर्माले भने: ‘पार्टीको विशेष महाधिवेशन अब भने बाध्यकारी भयो’

    विश्वप्रकाश शर्माले भने: ‘पार्टीको विशेष महाधिवेशन अब भने बाध्यकारी भयो’

    काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशन अब भने बाध्यकारी भएको बताएका छन्।

    आज (बिहीबार) अर्का महामन्त्री गगनकुमार थापासँगको छलफलपछि शर्माले नियमित महाधिवेशन नहुनु भनेको विशेष महाधिवेशनको ढोका ढकढकाउनु भएको बताएका हुन्।

    ‘नियमित महाधिवेशनको ढोका बन्द हुनु भनेको विशेषको ढोका ढकढकाउनु हो,’ उनले भने, ‘ विधानको धारा १७ को उपधारा २ बमोजिम यसको कामकारबाही अघि बढ्छ। विधानको पालना गर्ने कुरा महामन्त्रीहरूको पनि हो, कार्यवाहकको पनि हो, सभापतिको पनि हो। जसरी संसद् विघटन संविधान विपरीत भयो भन्ने काँग्रेसले आफ्नो अधिवेशन पनि विधान बमोजिम नियमित पनि नगर्ने र विशेष पनि नगर्ने हुँदैन यो पनि विधान विपरीत हुन्छ।’

    शर्माले विशेष महाधिवेशनको विषयमा दुई दिनभित्र टुंगो लाग्ने पनि बताए। ‘अबको दुई दिनभित्र यसलाई कुन रूपमा गर्ने भन्ने टुंगो लगाउँछौँ’ उनले भने। सभापति शेरबहादुर देउवाको सचिवालयका अनुसार आज साँझ ५ बजे देउवाले दुई महामन्त्रीसँग छलफल गर्दैछन्।