काठमाडौँ– काठमाडौँ महानगर प्रहरी बलका सात नगर प्रहरी निरीक्षक डिएसपीमा बढुवा भएका छन्।
काठमाडौँ महानगर प्रहरी बलको ४५औँ कार्यपालिका बैठकले बलमा रिक्त सात डिएसपी पदमा वरिष्ठतम नगर प्रहरी निरीक्षकलाई बढुवा गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको थियो।
११ पुसमा बसेको कार्यपालिका बैठकको निर्देशनपछि लीलाराज गाछा, ध्रुवकुमार भुजेल, किशोरकुमार भट्टराई, प्रकाश पण्डित, चन्दन श्रेष्ठ, राजेन्द्र देवकोटा र एलिजा नेपाललाई डिएसपीमा बढुवा गर्ने निर्णय प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले १४ पुसमा गरेका थिए।
डिएसपीमा बढुवा भएका उनीहरूलाई बिहीबार महानगरको काठमाडौँ प्लाजास्थित कार्यालयमा दर्ज्यानी चिह्न प्रदान गरिएको