चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1092 of 1099
  • 2026-10-03
  • 03:30:03
  • शुक्रबार,आश्विन १६, २०८३

About Author

लैङ्गिक आधारमा समानुपातिक उम्मेदवारी दिने व्यवस्था हुनुपर्छ : सांसद विन्दा पाण्डे

काठमाडौं– नेकपा (एमाले) का सांसद विन्दा पाण्डेले अगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्येक दलले लैङ्गिक आधारमा समानुपातिक सङ्ख्यामा उम्मेदवारी दिने व्यवस्था गर्न माग गरेकी छन। मङ्गलवारको प्रतिनिधिसभा बैठकमा आगामी प्रदेशसभा र सङ्घीय संसदको निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउन आवश्यक भएको भन्ने जरुरी सार्वजनिक महत्त्वको विषयमा कानुन मन्त्रीको ध्यानाकर्षण गराउदै सांसद पाण्डेले सो माग गरेकी हुन। उनले आगामी स्थानीय तह निर्वाचनमा पनि प्रमुख र अध्यक्ष, उपप्रमुख र उपाध्यक्ष, वडा अध्यक्ष, जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमा हरेक दलले कम्तिमा ५० प्रतिशत महिला उम्मेदवारीको व्यवस्था गरिनुपर्ने बताइन। त्यस्तै, दलित महिला सदस्यको उम्मेदवारी नपरेको अवस्थामा सो स्थान रिक्त नराखी अन्य कुनै सीमान्तकृत तथा अल्पसङ्ख्यक समुदायको महिलाले उम्मेदवारी दिनसक्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। सांसद पाण्डेका अनुसार सङ्घीय संसद र प्रदेश सभा दुवैमा एउटा व्यक्ति एउटै निर्वाचन क्षेत्र र एउटै निर्वाचन प्रणालीबाट निरन्तर बढीमा दुई पटक मात्रै उम्मेदवार हुनसक्ने व्यवस्था गर्नुपर्छ। त्यस्तै स्थानीय तहका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष र जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखको लागि पनि एउटै व्यक्ति, एउटै पदमा बढीमा दुई पटक मात्र निर्वाचित हुनसक्ने व्यवस्था गरिनुपर्नेमा उनले जोड दिइन। उनले मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन अगावै निर्वाचनसम्बन्धी कानुनलाई संशोधन गरेर सो प्रावधानहरु ल्याउन माग गरिन।

News by लैङ्गिक आधारमा समानुपातिक उम्मेदवारी दिने व्यवस्था हुनुपर्छ : सांसद विन्दा पाण्डे :