नेपाल राष्ट्र बैंकले गर्यो दशैंका लागि २२ अर्बको नयाँ नोट उपलब्ध - Chaitanya News
  • 2026-04-18
  • 07:22:07
  • शनिबार,बैशाख ०५, २०८३
  • नेपाल राष्ट्र बैंकले गर्यो दशैंका लागि २२ अर्बको नयाँ नोट उपलब्ध

    नेपाल राष्ट्र बैंकले गर्यो दशैंका लागि २२ अर्बको नयाँ नोट उपलब्ध

    काठमाडौं– नेपाल राष्ट्र बैंकले दशैंका लागि २२ अर्ब रुपैयाँ पैसा बैंकिङ प्रणालीमा पठाएको छ। राष्ट्र बैंकले २९ भदौदेखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा उपलब्ध गराएको थियो।

    यस वर्ष दशैंमा १२ अर्ब रुपैयाँको साना दरको नोट साटहीको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले बताए। यस्तै ठूला दरको (५०० र १०००) दरका १० अर्ब बराबरको नोट सहटी भएको उनले बताए।

    साना दरका नोट अथवा थप सहटी नहुने तर ठूला दरका नोट भने दशैं बिदा लामो भएकोले बैंकहरुले एटीएममा राख्नका लागि थप माग गर्नसक्ने उनले बताए। यस वर्ष दशैं लक्षित साना र ठूला दरको २५ अर्ब रुपैयाँ भन्दा माथिको नयाँ नोट बजारमा जाने देखिएको नेपाल बताउँछन्।

    गत वर्ष साना दरको करिब ८ अर्बको नोट सटही भएकोमा यस वर्ष बढेको उनले बताए।