सल्यानमा प्रतिनिधिसभाको उम्मेदवार माओवादीले पाउने टेकबहादुर बस्नेतको दाबी - Chaitanya News
  • 2026-04-18
  • 12:59:16
  • शनिबार,बैशाख ०५, २०८३
  • सल्यानमा प्रतिनिधिसभाको उम्मेदवार माओवादीले पाउने टेकबहादुर बस्नेतको दाबी

    सल्यानमा प्रतिनिधिसभाको उम्मेदवार माओवादीले पाउने टेकबहादुर बस्नेतको दाबी

    काठमाडौं– नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य टेकबहादुर बस्नेतले प्रतिनिधिसभा आफ्नो पाटीले पाउने सहमति भएको बताएका छन्। यसअघि निर्वाचित बस्नेतले नेकपा एकीकृत समाजवादीले दाबी गरेपनि अन्तिममा प्रतिनिधिसभामा माओवादीले पाउने सहमती भएको दाबी गरे।

    ‘सल्यान संघमा एकीकृत समाजवादीले पाउनुपर्छ भन्दै दाबी गरेको थियो। अन्तिममा खारेज भएको छ। माओवादीले पाउने सहमति भयो’ बस्नेतले भने, ‘अब पार्टीबाट संघमा मेरो र रमेश मल्लको नाम सिफारिस भएको छ। पार्टीले निर्णय गरेर उम्मेदवार फाइनल गर्ने छ।’ सल्यान प्रतिनिधिसभामा माओवादीले पाएमा प्रदेश सभामा एक कांग्रेस र अर्को एकीकृत समाजवादीले पाउने देखिएको छ।

    सल्यानबाट एकीकृत समाजवादीका प्रकाश ज्वालाले दाबी गरेका थिए। अन्तिममा उनी प्रतिनिधिसभामा लड्न नपाउने भएका छन्।