काठमाडौं– नेकपा एमालेका नेता भीम रावलले आफू पार्टीको सम्पर्कमा नरहेको भन्नु हाँस्यास्पद भएको बताएका छन्। अछाम क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा निर्वाचनका लागि एकल सिफारिस भएका रावल पार्टीको सम्पर्कमा नरहेको भन्दै नेताहरुले अध्यक्ष केपीशर्मा ओलीलाई निर्वाचनमा विकल्प खोज्न आग्रह गरेको भन्ने चर्चा भएपछि उनले प्रष्टिकरण दिएका हुन्।
“म पार्टीको सम्पर्कमा नरहेको’ भन्ने के हो भनी धेरै पत्रकारले प्रश्न गर्नुभयो। म अछाम प्रतिनिधिसभा क्षेत्र नं.१ ले आयोजना गरेको कार्यकर्ता भेलामा प्रमुख वक्ताको रूपमा सहभागी भएँ,” उनले ट्विटरमा लेखेका छन्,“ यसबारे जिल्ला इञ्चार्ज र अध्यक्षलाई जानकारी गराएको थिएँ । म सम्पर्कविहीन भन्नु हाँस्यास्पद छ।”