काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले वैचारिक ध्रुवीकरणका कारण विवेकशील साझा पार्टी छाड्नुपरेको बताएका छन्।
“२०७४ को निर्वाचनमा बागमती प्रदेशमा विवेकशील साझा पाँचौं ठूलो पार्टी भयो। तीनवटा समानुपातिक सांसद पायौं। पार्टी ठिकठाकै चलिरहेको थियो। तर वैचारिक ध्रवीकरणपछि कठिन अवस्थामा विवेकशील साझा पार्टी छाडेको हुँ,”नेता मिश्रले भने।
पूर्व राजा ज्ञानेन्द्र शाहसँग आफ्नो कुनै कनेक्सन नभएको पनि उनले बताए। बीबीसीका पूर्वपत्रकार मिश्रले थपे, “राजासँग मेरो न लेना छ, न देना। म पत्रकार हुँदा दुईचोटि भेटेको हुँ। अब पूर्व राजा ज्ञानेन्द्रलाई भेट्न चाहन्छु। राजसंस्था चाहिन्छ भनेपछि भेट गर्नु स्वाभाविक हो।”
उनले विश्वभरि राजसंस्था फर्किएको उदाहरण पनि प्रस्तुत गरे। मिश्रले भने, “संसारभरि राजतन्त्र फर्किएका छन्। राजसंस्था जनताले फालेको पनि होइन। जनमतसंग्रह भएको पनि होइन। पूर्वराजाले बेबीकिङ मानेको भए वा विदेशीको एजेन्डा मानेको भए राजसंस्था जाने थिएन।”