जुम्ला– जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ। पहिरोमा पुरिएर अन्य २ जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले जानकारी दिए। उनका अनुसार २ जनाको गम्भीर अवस्थामा उद्धार गरिएको छ। उनले आफू अहिले घटनास्थलतर्फ गइरहेको र सो स्थानमा पुग्न २ घन्टा लाग्ने बताए। उनले भने पानी परिरहेको छ, हामी गइरहेका छौैँ। उद्दारका लागि हेलिकप्टरहरू स्ट्याण्डबाई छन्।


