चन्द्रागिरिमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको निधन - Chaitanya News
  • 2026-06-10
  • 00:05:25
  • मंगलबार,जेठ २६, २०८३
  • चन्द्रागिरिमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको निधन

    चन्द्रागिरिमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको निधन

    काठमाडौँ – भारी वर्षासँगै आएको पहिरोमा पुरिएर चन्द्रागिरिमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

    काठमाडौँको चन्द्रागिरि नगरपालिकाको–२ रेक्की ध्यान केन्द्रमा गएको पहिरोमा पुरिएर स्थानीय ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथिको मृत्यु भएको हो।

    प्रहरीका अनुसार मृत्यु भएका तीनै जनाको शव संकलन गरी पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको छ।

    बिहीबार राति भारी वर्षासँगै आएको पहिरोले ध्यान केन्द्र पुरिएको थियो।