प्यूठानमा शुक्रवार दिउँसो पहिरोले घर बगाउँदा ६ जना बेपत्ता - Chaitanya News
  • 2026-04-24
  • 15:20:43
  • शुक्रबार,बैशाख ११, २०८३
  • प्यूठानमा शुक्रवार दिउँसो पहिरोले घर बगाउँदा ६ जना बेपत्ता

    प्यूठानमा शुक्रवार दिउँसो पहिरोले घर बगाउँदा ६ जना बेपत्ता

    प्यूठान– प्यूठानमा शुक्रवार दिउँसो पहिरोले घर बगाउँदा ६ जना बेपत्ता भएका छन्। माण्डवी गाउँपालिका वडा नम्बर ४ फरन्डीस्थित बमबहादुर बुढामगरको घर पहिरोले बगाउँदा ६ जना बेपत्ता भएका हुन्।

    वडाध्यक्ष डिलबहादुर घर्तीमगरका अनुसार पहिरोमा बमबहादुरका पति, पत्नी, बुहारी र ३ जना बालबालिका बेपत्ता भएका हुन्। नजिकै रहेका ३ घरपरिवारलाई सुरिक्षत स्थानमा सारिएको छ।

    सडक अवरुद्ध भएका कारण करिब ३ घन्टासम्म उद्धार टोली घटनास्थलसम्म पुग्न सकेको छैन। उद्धारका लागि प्रहरीको टोली घटनास्थलसम्म जाने क्रममा रहेका छन्।