काठमाडौं– नेकपा एमालेले दोलखाबाट प्रतिनिधिसभा सदस्यमा बालकृष्ण शिवाकोटीलाई उम्मेदवार बनाउने भएको छ।
प्रतिनिधिसभा सदस्यका लागि पूर्वमन्त्रीद्धय आनन्द पोखरेल र पार्वत गुरुङ आकांक्षी थिए। दुई क्षेत्र हुँदा दुबै अलगअलग क्षेत्रबाट लड्दै आएका थिए। एउटा कायम भएपछि २०७४ मा गुरुङ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बने।
पार्वत गुरुङ कि आनन्द पोखरेल भन्ने विवाद छल्न एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकृष्णलाई टिकट दिएका हुन्। प्रदेश अध्यक्ष समेत रहेका पोखरेलले पनि प्रतिनिधिसभाको टिकट बालकृष्णलाई दिने तय भएको पुष्टि गरे।
प्रदेशसभामा भने नरबहादुर श्रेष्ठ र भरत केसीलाई उम्मदेवार बनाउने निर्णय भएको छ।