टि–२० सिरिजमा पाकिस्तानको जितको सुरुवात - Chaitanya News
  • 2026-06-10
  • 00:04:09
  • मंगलबार,जेठ २६, २०८३
  • टि–२० सिरिजमा पाकिस्तानको जितको सुरुवात

    टि–२० सिरिजमा पाकिस्तानको जितको सुरुवात

    काठमाडौं– पाकिस्तानले ३ टि–२० खेलको सिरिजमा विजयी सुरुवात गरेको छ। पाकिस्तानको क्राइस्टचर्चमा शुक्रबार भएको खेलमा घरेलु टोलीले बङ्लादेशलाई २१ रनले पराजित गरेको हो।

    टस जितेर बङ्लादेश बलिङ रोजेसँगै पाकिस्तान ब्याटिङमा उत्रिएको हो। पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १६७ रन बनायो। उसका लागि मोहम्मद रिज्वानले अविजित ७८ रन र शान मसूदले ३१ रन बनाए।

    बङ्लादेशका तस्किन अहमदले २ र नसुम अहमदले १ विकेट लिए। १६८ रनको लक्ष्य बङ्लादेशले भेटाउन असफल भयो। बङ्लादेशले २० ओभरमा ८ विकेट गुमाएर १४६ रन बनायो।

    उसका लागि लिटन दासले ३५ र अफिफ हुसेनले २५ रन बनाए।