काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा सुदूरपश्चिम रोएल्सले चितवन राइनोजविरुद्ध पहिले बलिङ गर्ने भएको छ।
टस जितेको सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले चितवनलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।
आजको खेलमा चितवन राइनोज नयाँ कप्तानीमा मैदान उत्रिएको छ। जिम्बाब्वेका अलराउण्डर सिकन्दर राजा चितवनको कप्तान बनेका छन्।
जिम्बाब्वेका लागि अफगानिस्तानविरुद्धको सिरिज खेलेर उनी हालै नेपाल आइपुगेका हुन्। यसअघि चितवनको कप्तानी रवि बोपाराले सम्हाल्दै आएका थिए।