सीट बाँडफाँटमा कुरा नमिलेर प्रतिगमनकारी शक्तिहरूले गठबन्धन भत्काउने षड्यन्त्र गरिरहेका छन् : गंगा दाहाल - Chaitanya News
  • 2026-04-24
  • 15:22:51
  • शुक्रबार,बैशाख ११, २०८३
  • सीट बाँडफाँटमा कुरा नमिलेर प्रतिगमनकारी शक्तिहरूले गठबन्धन भत्काउने षड्यन्त्र गरिरहेका छन् : गंगा दाहाल

    सीट बाँडफाँटमा कुरा नमिलेर प्रतिगमनकारी शक्तिहरूले गठबन्धन भत्काउने षड्यन्त्र गरिरहेका छन् : गंगा दाहाल

    काठमाडौँ– नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य गंगा दाहालले प्रतिगमनकारी शक्तिहरूले सीट बाँडफाँटमा कुरा नमिलेर गठबन्धन भत्काउने षडयन्त्र गरिरहेको बताएकी छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत् उनले गठबन्धन भत्काएर देशलाई फेरि प्रतिगमनतर्फ लैजाने दिवास्वप्न देखिरहेको बताएकी हुन्।

    गठबन्धन कुनै राजनीतिक लाभहानी भन्दा पनि प्रतिगमनविरुद्ध संविधानको रक्षा र अग्रगमनका पक्षमाबनेको भन्दै गणतन्त्र संस्थागत नहुँदासम्म र प्रतिगमन पुरै परास्त नहुँदासम्म निरन्तर कायम रहोस भन्ने आफूहरूको चाहना भएको उनको भनाइ छ। यही मूल मर्मबाट कोही दायाँबायाँ हुन्छन्, भने त्यो लोकतन्त्र , संघीयता र प्राप्त उपलब्धिमाथि घात हुने उनको ठहर छ।