चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 799 of 1152
  • 2026-11-21
  • 20:09:16
  • शनिबार,मंसिर ०६, २०८३

About Author

लोकसेवाको परीक्षामा नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं- लोकसेवा आयोगले सञ्चालन गरेको लिखित परीक्षामा नक्कली परीक्षार्थी सहभागी भएको भन्दै दुई जना पक्राउ परेका छन्। लोकसेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नम्बर १३८१२/०७६-०७७ (मधेस) एकीकृत तथा संयुक्त, खरिदार वा सो सरहको बुटवल केन्द्रमा सञ्चालन भएको लिखित परीक्षा नक्कली परीक्षार्थी सहभागी भएको पाइएको हो। २९ फागुन २०७७ मा भएको प्रथम पत्रको परीक्षा तथा १६ साउन २०७८ मा भएको द्वितीय पत्र र तृतीय पत्रको परीक्षामा मनोज कुमार सुतिहारको नामबाट अर्कैले परीक्षा दिएको पाइएको छ। अर्कैको नाममा परीक्षा दिएको प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको राजविराज–११ घर भइ हाल कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुमा सहलेखापाल पदमा कार्यरत ३३ वर्षीय मनोज कुमार शर्मा सुतिहार र सोही ठाउँ घर भइ जिल्ला हुलाक कार्यालय सप्तरीमा नायव सुब्बा पदमा कार्यरत ३० वर्षीय नारायण यादव छन्। उनीहरुविरुद्ध लिखितसम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता भइ रुपन्देही जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

News by लोकसेवाको परीक्षामा नक्कली परीक्षार्थी पक्राउ :