सुनको मूल्य बढ्दा कतिमा हुँदैछ कारोबार? - Chaitanya News
  • 2026-05-02
  • 15:22:37
  • शनिबार,बैशाख १९, २०८३
  • सुनको मूल्य बढ्दा कतिमा हुँदैछ कारोबार?

    सुनको मूल्य बढ्दा कतिमा हुँदैछ कारोबार?

    काठमाडौं– नेपाली बजारमा आज सुनको भाउमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ।

    आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

    यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ।

    सोमबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।

    यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।