मुटु समस्या देखिएपछि गंगालाल भर्ना भएका राष्ट्रपति पौडेल डिस्चार्ज हुँदै - Chaitanya News
  • 2026-11-16
  • 10:03:33
  • सोमबार,मंसिर ०१, २०८३
  • मुटु समस्या देखिएपछि गंगालाल भर्ना भएका राष्ट्रपति पौडेल डिस्चार्ज हुँदै

    मुटु समस्या देखिएपछि गंगालाल भर्ना भएका राष्ट्रपति पौडेल डिस्चार्ज हुँदै

    काठमाडौं- शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुँदैछन्।

    मुटुमा समस्या देखा परेपछि मंगलवार गंगालालमा भर्नारत पौडेल आज डिस्चार्ज हुन लागेका हुन्। सो अस्पतालले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

    मंगलबार बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका उनलाई चिकित्सकको सल्लाह अनुसार २४ घन्टासम्म अवलोकनमा राखिएको हो।

    आज डिस्चार्ज गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले जानकारी दिए। पौडेलको एन्जियोग्राम गरिएको थियो।

    यसअघि उनी पेटमा समस्या भएपछि भारतमा उपचार गरेर फेर्केका थिए।